Saturday, September 19, 2026
19.1 C
Kathmandu
Home समाचार एक अर्ब ४७ करोड भ्रष्टाचारको मुद्दामा पूर्वमन्त्री शाहीविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

एक अर्ब ४७ करोड भ्रष्टाचारको मुद्दामा पूर्वमन्त्री शाहीविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

वाइडबडी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीसहित २२ जनालाई सफाइ दिएको थियो। उक्त फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो ।

अख्तियारले वाइडबडी जहाज खरिद प्रकरणमा एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री शाहीसहित २०८० चैत २२ गते ३२ जनाविरूद्ध मुद्दा हालेको थियो।

२०८१ मंसिर २१ गते निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना कर्मचारी र बिक्रेता कम्पनीका सात जना विदेशीसहित १० जनालाई दोषी ठहर भएका थिए भने अन्य सबैले सफाइ पाएका थिए।

उक्त मुद्दामा केही प्रतिवादीलाई आंशिक ठहर गरेको थियो। केही प्रतिवादीलाई सफाइ दिएको हुँदा माग गरेअनुसारको सजाय नभएको अख्तियारले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।