काठमाडौं । विकास बैंकतर्फ निक्कै राम्रो भनिएको कामना विकास बैंक नाफामा रहेपनि ठुलाे फड्काे मार्न भने कसरतमै देखिएकाे छ ,
विगत पाँच वर्षको बैंकको वित्तिय विवरण हेर्ने हो भने नेट प्रोफिट घट्दाे छ । बैंक नाफामा देखिए पनि वृद्धिदर एकदमै न्यून रहेको छ ।
आर्थिक वर्षमा लस् लोन् ५६ प्रतिशतले वृद्धि भएको छ । यो क्रमश वृद्धि भइरहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को अडिट रिपोर्ट अनुसार लस् लोन १.६६ अर्ब पुगेको छ ।
अघिल्लो वर्ष ११.०८ अर्ब ब्याजबाट आम्दानी गरेको बैंकले आर्थिक वर्ष २०८१/८२ मा ९.४७ अर्ब आम्दानी गरेको छ ।
Comments








