काठमाडाैं । भारतको प्रमुख विमान कम्पनीमध्ये एक इन्डिगो एयरलाइन्सको संकट झनै बढेको छ । इन्डिगोले भारतभर शुक्रबार ४ सयभन्दा बढी उडान रद्द गर्नुपरेको छ । दिल्ली विमानस्थलमा इन्डिगोका सबै २३५ उडान रद्द भएका छन् ।
यसका कारण विभिन्न विमानस्थलमा ठूलो संख्यामा यात्रुहरू प्रभावित बनेका छन् । यसअघि पनि इन्डिगोका ५ सयभन्दा बढी उडान रद्द भएका थिए ।
इन्डिगोले पछिल्ला दुई दिनमा नेटवर्क धेरै प्रभावित भएको भन्दै यात्रुहरूसँग माफी मागेको छ । एयरलाइन्सले ८ डिसेम्बरदेखि उडानमा ढिलाइ नहुने र १० डिसेम्बरबाट सबै काम पहिलेकै गतिमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
एयरलाइन्सले एफडीटीएल नर्म्सको दोस्रो फेज लागू गर्ने गलत निर्णय र योजनाको कमीका कारण ठूलो मात्रामा रुकावट पैदा भएको जनाएको छ ।
Comments







