Thursday, September 10, 2026
24.1 C
Kathmandu
Home मुख्य समाचार कर्मचारी सञ्चय कोषका प्रशासक धितालले बुझ्छन् वर्षको ४१ लाख तलब, आधा दर्जनबाट...

कर्मचारी सञ्चय कोषका प्रशासक धितालले बुझ्छन् वर्षको ४१ लाख तलब, आधा दर्जनबाट भत्ता पनि

काठमाडौं । कर्मचारी सञ्चय कोषका प्रशासक सिए जितेन्द्र धितालले कोषको तलबबाट मात्रै ४१ लाख भन्दा बढी बुझ्ने गरेका छन् ।

उनी कोष सञ्चालक समितिको सदस्य समेत रहेकाले प्रति बैठक आठ हजारका दरले बैठक भत्ता समेत बुझ्ने गर्छन् । कोषले उनलाई एउटा गाडी र चालक समेत सुविधा दिएको छ ।

यति मात्रै नभएर उनी झण्डै आधा दर्जन कम्पनीको सञ्चालक समितिमा समेत प्रतिनिधित्व गर्ने गरेका छन् । त्यहाँबाट पनि उनले बैठक भत्ताबाट सेवा सुविधा लिने गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार उनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभेलोपमेण्ट कम्पनी, बेतन कणाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी, नेशनल फण्ड लि., विद्युत उत्पादन कम्पनी लिमिटेडलगायतमा कोषको तर्फबाट प्रतिनिधित्व गर्ने गर्छन् ।

कर्मचारी सञ्चयकर्ताहरुको बचत सुरक्षित बनाउनुपर्ने मुख्य जिम्मेवारी बोकेका उनले यति धेरै तलब सुविधा बुझ्ने गरेपनि कोष भने खराब कर्जाले थलिन थालेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।