काठमाडौं । नेकपा एमालेको जारी मतगणनामा उपमहासचिवतर्फ केपी शर्मा ओलीका विश्वासपात्र विष्णु रिमाल परेका छैनन् ।
उपमहासचिवमा लेखराज भट्टले ४४० सर्वाधिक मत पाएका छन् भने योगेश भट्टराईले ४०४ र रघुवीर महासेठले ३९३ मत पाएका छन् ।
एमाले विधानअनुसार उपमहासचिवमा ३ जना निर्वाचित हुने व्यवस्था छ । तर, जारी मतगणनामा उपमहासचिवमा उम्मेदवार विष्णु प्रसाद रिमाल शीर्ष तीनमा अटाउन सकेका छैनन् । उनले ३२५ मत पाएका छन् । यसैगरी आनन्द प्रसाद पोखरेलले २०४ मत पाउँदा वैजनाथ चौधरीले १५१ मत पाएका छन् ।
Comments







