सर्वपक्षीय सरकार गठनको माग गर्दै भोलिदेखि जेनजी मिराज ढुङ्गाना समूहले आन्दोलन गर्ने

काठमाडौँ । जेनजी आन्दोलनपछि यो सरकार बनेपनि फेरि सर्वपक्षीय सरकार गठनको माग उठ्न थालेको छ ।

जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उनले भोलि ११ बजे काठमाडौँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएको ढुङ्गानाले बताए ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।