काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो बिहीबारको तुलनामा यो १ हजार ८ सय रुपैयाँले बढी हो ।

बिहीबार छापावाल सुनको भाउ तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ । हिजो बिहीबार तोलाको ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार १ सय ६५ ले बढेर ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।