निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी आउँदैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी नआउने बताएका छन् ।

‘लगानीबिना रोजगारी हुँदैन । रोजगारी नभए आय बढ्दैन, शिक्षा र स्वास्थ्य शिक्ष सर्वसुलभ बनाउन राजस्व बढ्नु पर्छ । राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ ।’ आज काठमाडौंमा आयोजित सर्वपक्षीय संवादमा उनले भने ।

उनले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको पनि बताएका छन् । २४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही गर्न उनले माग समेत गरे ।
देश निर्वाचनमा अगाडि बढेको भन्दै उनले समद्धिका लागि निजी क्षेत्रको संलग्नता भने अझै पनि ओझेलमा रहेको उल्लेख गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।