काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् ।

एकीकृत समाजवादीलगायत पार्टीसँग एकतापछि प्रचण्ड पहिलोपटक भारत जान लागेका हुन् ।

प्रचण्ड नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।

सोमबार लाजपत भवनमा हुने कार्यक्रममा प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्त्वबारे समसामयिक सन्देश प्रदान गर्ने आयोजक नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।