काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेस दोस्रो विशेष महाधिवेशनले हटाउने तयारी सुरु गरेको छ ।

विशेष महाधिवेशनको जारी बन्द सत्रले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्दै नयाँ कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरेसँगै कांग्रेस अब नेतृत्व परिवर्तनको दिशातर्फ बढेको हो।

महाधिवेशनको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रस्तावहरू पेस गरिएसँगै प्रतिनिधिहरू समूहगत छलफलमा जुटेका हुन्। अहिले छलफल जारी छ । विशेष महाधिवेशनले देउवालाई सभापति हटाएर गगन थापालाई बनाउने सम्भवना रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।