काठमाडाैं । नेपाल एसबीआई बैंककाे काभ्रेपलाञ्चोकस्थित घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको छ । पाँच/छ जनाको समूहले बैंककाे ३ करोड ११ लाख लुटिएकाेमा एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ ।
पैसा लुटेर भाग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको प्रहरीले जनाएकाे छ ।
मंगलबार राति ८ : ४० बजेतिर ५/६ जनाको समूहमा आएका लुटेराहरूले बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाई बैंकका अन्य कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकको रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।
Comments







