काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति पदका लागि उम्मेदवारी दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो ।
यसैगरी, अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको छ। निर्वाचन कति बेला सुरू हुने भन्ने विषय भने अझै टुंगाे लाग्न सकेकाे छैन ।
Comments







