काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा सुवासचन्द्र बोहरालाई पदस्थापन गरिएको छ ।

राम प्रकाश शाहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, भुवनेश्वर तिवारीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा र ऋषिराम कँडेललाई सीआईबी स्थित आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखामा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुरेश प्रसाद काफ्लेलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर विशेष ब्युरोमा काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा श्याम सिं चौधरी र अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा नुकल पोरेललाई पदस्थापन गरिएको छ ।

दिलीप घिमिरेलाई मानवश्रोत विकाश विभाग, पदम बहादुर विष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र योगेन्द्र सिंह थापालाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।