प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ : बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं अधिकार माग्न नभएर पशुपति र स्वयम्भुनाथ घुम्न जानुपर्ने बताएका छन् ।

रास्वपाले जनकपुरमा आयोजना गरेको कार्यक्रम अन्तर्गत पहिलो पटक सार्वजनिक सभामा बोल्दै बालेन्द्र शाहले संघीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने पनि बताए ।

उनले रास्वपालाई संघीयताप्रतिको धारणा के हो भनेर काठमाडौंमा सोधिने गरेको बताए । उनले भने, ‘प्रदेशलाई बलियो बनाउनुपर्छ ।’ उनले वीरगन्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुने उनले बताए ।

प्रदेश संरचना बलियो बनाएर काठमाडौंमा अधिकार माग्न जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बालेन्द्र शाहको भनाइ थियो । ‘काठमाडौं अधिकार माग्न हैन, पशुपति र स्वयम्भुनाथ घुम्न जाने हो’ शाहले भने । देश र मधेसको विकासका लागि रास्वपालाई भोट दिनुपर्ने शाहको भनाइ थियो ।

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...