काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सांसदहरूको सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण बिहीबारका लागि तय गरिएको भेटघाट कार्यक्रम स्थगित गरिएको हो।

नेपाली काँग्रेसले सूचना जारी गर्दै ‘विशेष कारण’ले डेलिगेशन टोलीको सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

सूचनामा भनिएको छ, “डेलिगेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको ब्यहोरा जानकारी गराइन्छ।”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।