काठमाडाैं । पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् ।
२५ फागुनमा पृथ्वीचोकमा किताब बेचिरहेका महावीरसँग भनाभन गर्ने क्रममा अपमान भएको भन्दै आलोचना बढेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बुधबार गुरुङलाई पक्राउ गरेको थियो । प्रश्न गरेकै आधारमा पक्राउ गरिएको भन्दै आलोचनासमेत भइरहेको थियो ।
महावीर नै मुद्धा अगाडि बढाउन अनिच्छुक भएपछि थुनामुक्त गरिएको प्रहरीले जनाएको छ ।
Comments







