काठमाडाैं । आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने आठ महिनाकै उच्च भएको छ। यस दिन २३ अर्ब ५९ करोड रूपैयाँको सेयर किनबेच भयो।
यसअघि २०८२ साउन ११ गते २६ अर्ब ५७ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। त्यसयता पहिलो पटक कारोबार २३ अर्ब रूपैयाँ नाघेको हो।
यसदिन ३६४ वटा धितोपत्रको ६ करोड १४ लाख सात हजार ७४ कित्ता सेयर किनबेच भएको हो।
Comments







