काठमाडाैं । नयाँ सरकार गठन भएकाे २४ घण्टा नबित्दै सरकारले पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
जेन-जी आन्दोलनका क्रममा भएका मृत्युसम्बन्धी घटनामा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
कानुनअनुसार कुनै व्यक्तिलाई तत्काल पक्राउ नगर्दा भागेर जान सक्ने वा प्रमाण नष्ट गर्न सक्ने अवस्था भएमा जरूरी पक्राउ पुर्जी जारी गरेर प्रहरीले त्यस्तो व्यक्तिलाई पक्राउ गर्न सक्छ, अन्य सामान्य अवस्थामा पक्राउ पुर्जी जारी गर्न अदालतको आदेश चाहिन्छ।
अब आईतबार ओली र लेखकलाई म्याद थपका लागि अदालत लगिनेछ ।
Comments







