देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान, भवन भत्काउन प्रहरीको रोक

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।

अघिल्लै सरकारको पालामा उनको घरमा जलेको नोट भेटिएपछि अनुसन्धान अघि बढेको थियो । त्यसलाई यो सरकारले पनि निरन्तरता दिँदै झनै प्राथमिकतामा राखेको हो ।

यसैबीच, प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले त्यसमा पनि रोक लगाएको छ ।

जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन सुरु गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।