काठमाडौँ । विशेष अदालतले व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनीहरूका विरूद्व सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा अनुसन्धान जारी छ ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य नसकिएको भन्दै म्याद थपको आदेश दिएको हो ।

अदालतको आदेश अनुसार शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवालको हकमा छैटौँ पटक र अर्का व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो । यो म्याद २०८३ साल वैशाख २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाल र भट्टमाथि सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसुरमा अनुसन्धान गरिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।