Monday, August 17, 2026
20.7 C
Kathmandu
Home समाचार सांसदलाई स्वकीय सचिवको सुविधा दिने निर्णयविरुद्ध सर्वोच्चद्धारा अन्तरिम आदेश अस्वीकार

सांसदलाई स्वकीय सचिवको सुविधा दिने निर्णयविरुद्ध सर्वोच्चद्धारा अन्तरिम आदेश अस्वीकार

काठमाडौँ । सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ भने कारण देखाऊ आदेश जारी गरेको छ ।

सरकारले संघीय सांसदलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेपछि त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

२०८३ असार ३० गतेको मन्त्रिपरिषद्को बैठकले संसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी निर्णय गरेको थियो । साउन ४ गते प्रकाशित नेपाल राजपत्रमा प्रकाशित गरिएको सूचना बदर माग गर्दै अधिवक्ता प्रेमराज सिलवालले गत शुक्रबार रिट निवेदन दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।