Sunday, August 16, 2026
22.1 C
Kathmandu
Home प्रविधि र व्यवसाय फेसबुक टिकटकमा जे पाए त्यहीँ पोष्ट गर्दै हुनुहुन्छ ? पाँच वर्ष जेल...

फेसबुक टिकटकमा जे पाए त्यहीँ पोष्ट गर्दै हुनुहुन्छ ? पाँच वर्ष जेल र १ लाख जरिवानामा पर्नुहाेला नि !


तपाई पनि फेसबुक टिकटकमा जे पाए त्यहीँ भिडियो पोष्ट गर्दै हुनुहुन्छ ?

होसियार, पाँच वर्ष जेल तथा १ लाखसम्म जरिवानाको फन्दामा पर्नुहोला नि ।

हो, यसरी फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा भ्रामक सूचना पोष्ट गर्दा तथा कसैको चरित्र हत्या हुने गरी केही पोष्ट तथा सेयर गर्नुभयो भने विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अनुसार पाँच वर्ष जेल तथा १ लाखसम्म जरिवाना हुनसक्छ ।

यस्तै विषयमा गोरखाका मीनकुमार गुरुङ कानुनी फन्दामा परेका छन् ।

उनले गृहमन्त्री सुदन गुरुङको बैंक विवरण केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखले मिडियामा दिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भ्रामक भिडिओ बनाएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर समेत गरिसकेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर गरिएको अभियोग पत्रमा गुरुङमाथि विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ । हाल विदेशमा रहेका आरोपी गुरुङलाई फरार सूचीमा राखिएको छ ।

तर, इन्टरपोलको सहायतामा उनी जहिले पनि पक्राउ पर्न सक्ने खतरा भने छ । यसअघि पनि यस्तै मुद्दामा इन्टरपोलको सहायतामा धेरै व्यक्तिहरु पक्राउ परिसकेका छन् । त्यसैले कसैको चरित्र हत्या हुने वा भ्रामक विषय सामाजिक सञ्जालमा पोष्ट गर्न अघि सचेत रहनु सबैभन्दा राम्रो हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।