काठमाडौँ । सिन्धुलीस्थित सुनकोसी नदीमा सोमबार दिउँसो कार खसेको छ । फिक्कल गाउँपालिकास्थित नवलपुर भन्ने स्थानबाट कार नदीमा खसेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो । कारको नम्बर खुलिनसकेको तर कारमा ३ जना सवार रहेको सूचना प्राप्त भएको पनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । सूचना पश्चात् प्रहरी टोली घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
Comments





