Tuesday, August 18, 2026
28.1 C
Kathmandu
Home मुख्य समाचार आरजु राणा एयरपोर्टमा पक्राउ पर्ने भएपछि विदेशमै फरार, देउवा एक्लै आएका थिए...

आरजु राणा एयरपोर्टमा पक्राउ पर्ने भएपछि विदेशमै फरार, देउवा एक्लै आएका थिए नेपाल

काठमाडाैं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी नेत्री आरजू राणा देउवा हाल विदेशमै छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको उपचारपछि स्वदेश फर्किए पनि उनकी पत्नी आरजू भने देखा परेकी छैनन्। उनी नेपाल फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ पर्ने त्रासका कारण रोकिएकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलेक्ट्रोनिक पासपोर्ट (e-passport) छपाइको ठेक्कामा करिब ८ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको आशङ्कामा छानबिन गरिरहेको छ।

परराष्ट्र मन्त्री छँदा ठेक्का प्रक्रियामा मिलेमतो र अनियमितता गरेको आरोपमा अख्तियारले राणालाई बयानका लागि झिकाउन पत्राचार समेत गरिसकेको थियो। त्यसैले यो मुद्दामा उनी तानिने निश्चितप्रायः छ।

सम्पत्ति शुद्धीकरण र शरणार्थी काण्ड

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको आशङ्कामा अनुसन्धान अघि बढाएको छ। यसका साथै, चर्चित नक्कली भुटानी शरणार्थी काण्डमा पनि राणाको नाम जोडिँदै आएको छ।

यी विभिन्न मुद्दाका कारण पक्राउ पर्ने भयले उनी स्वदेश नफर्किएकी हुन्। यसअघि सरकारले उनीहरूलाई इन्टरपोलमार्फत विदेशबाटै पक्राउ गरेर ल्याउने प्रयास गरे पनि त्यो सफल हुन सकेको थिएन।

अर्कोतर्फ, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने स्वदेश फर्किसकेका छन्। आर्थिक कारोबारमा प्रत्यक्ष संलग्नता नदेखिएकाले देउवा एक्लै नेपाल आएका हुन्।

यद्यपि, देउवामाथि पनि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान हुने सम्भावना भने कायमै छ। प्रत्यक्ष लेनदेनको प्रमाण भेटिने सम्भावना कम भएकाले तत्कालै पक्राउ परिहाल्ने जोखिम न्यून रहेको र पक्राउ परिहाले पनि अदालतबाट छुट्न सकिने मनोबलका साथ देउवा नेपाल फर्किएको देखिन्छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।