पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बनेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे ।  पोखरामा कांग्रेस उम्मेदवारलाई सहयोग गर्दै माओवादी केन्द्रले मेयरको उम्मेदवारी फिर्ता लिएको थियो ।

महानगरको उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङको ४४ हजार ३३८ मत आयो  ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।