भरतपुर ११ जेठ
भतरपुर महानगरपालिकामा गत ३१ वैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय तहको मतगणना अझै पनि जारी छ ।
भरतपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त प्यानलमा रेणु दाहाल र एमालेका तर्फबाट देवी ज्ञवाली मेयरका उम्मेदवार छन् ।
एक दिन अगाडी देवीले ४ हजारको मतान्तरणमा लिड गरेकोमा पछिल्लो पटक रेणुले मतान्तर कम गरिरहेकी छिन् । पछिल्लो नतिजा अनुसार देवीको ३१ हजार ४ सय ६२ रहेको छ भने रेणुको २९ हजार ९ सय २१ मत रहेको छ । यो नतिजा अनुसार रेणु देवीभन्दा १५ सय ४१ मतले पछाडी छिन् ।
भरतपुरका माओवादी नेता तथा कार्यकर्ता रेणुले जित्ने दाबी गरिरहेका छन् । उनीहरु भन्छन् ‘जित्नेमा ढुक्क छौं ।’ भरतपुरमा अहिले १५ वडाको मतगणना भएको छ । अब ९ वडा गन्न बाँकी रहेको छ ।
अब गन्न बाँकी रहेका मतहरु कांग्रेस माओवादीको पडक क्षेत्रको भएको र विस्तारै रेणुले अग्रता लिने कांग्रेस माओवादीको अनुमान गरेका छन् ।
Comments