काठमाडाैं, ८ जेठ । काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले २९ हजार १२९ मत ल्याई अग्रता कायम राखेका छन ।

नेपाली काँग्रेसका राजुराज जोशीले २० हजार ३६८, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले ११ हजार २५६, साझा पार्टीका किशोर थापाले आठ हजार ५२३ तथा नेकपा (माओवादी केन्द्र)का सर्वाेत्तम डङ्गोलले तीन हजार १६० मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिए ।

यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २६ हजार ४१७, राप्रपाका राजाराम श्रेष्ठले १६ हजार ८२३ र साझा पार्टीकी निरूपमा यादवले पाँच हजार ४५० र माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार २१९ मत प्राप्त गरे ।

निर्वाचन अधिकृतको कार्यालयको अनुसार अहिलेसम्म ८८ हजार २९१ मतगणना भइसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।