ललितपुर २ जेठ । नेकपा माओवादी केन्द्रले उपत्यकाको स्थानीय तहमा खाता खोलेको छ । ललितपुर जिल्लास्थित कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गोपी स्याङ्तान र उपाध्यक्षमा मिङमा लामा विजयी भएकी छिन् ।

कोन्ज्योसोम गाउँपालिकाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका साहेक निर्वाचन अधिकृत किर्तिबहादुर बस्नेतका अनुसार स्याङतान र लामा विजयी भएपनि घोषणा हुन बाँकी रहेको बताए ।

कोन्ज्योसोम गाउँपालिकाका ५ वडा मध्ये १ नम्बर वडामा अध्यक्षमा माओवादीबाट सन्तलाल लामा, २ नम्बर वडाबाट अध्यक्षमा माओवादीबाट ध्रुव घिमिरे, ३ नम्बर वडाबाट अध्यक्षमा काग्रेसबाट तिलक लामा, वडा नम्बर ४ अध्यक्षमा सुविन्द्र तामाङ विजयी भएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।