ललितपुर, १ जेठ । ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी भएका हुन्  भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर लामाले २८० मत प्राप्त गरेका थिए ।

प्राप्त मत परिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।