माघ २ काठमाडौँ

कलर्स च्यानलको चर्चित रियालिटी शो ‘बीग बोस’को ११ औ संस्करणको उपाधि शिल्पा सिन्देले जितेकी छिन् । 

आइतवार साँझ लोनावलामा भएको फाइनल
प्रतियोगितामा उनले हिना खानलाई हराउँदै उपाधी हात पारेकी हुन् ।

उनलाई अभिनेता अक्षय कुमारले उपाधी प्रदान गरेका थिए । टेलिभिजन सिरियल ‘भाबी जी घर पर हे’ मा काम गरेकी ‘अंगुरी भाभी’को भुमिका निभाएकी थिईन । विजेता बनेकी शिल्पाले ट्रफीको साथ ५० लाख नगद पाएकी छिन् । अभिनेता अक्षय कुमार भने आफ्नो चलचित्र ‘प्याडम्यान’ को प्रमोशनका लागि पुगेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।