भद्रपुर, १३ मंसिर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बम पड्काएर उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत भएको बताएका छन ।

झापाको सदरमुकाम भद्रपुर १० स्थित सिटौला निवासमा सोमबार राति अज्ञात समूहले बम विस्फोटन गराएपछि पत्रकारले राखेको जिज्ञासामा उनले भने, “चुनाव बिथोल्ने समूहले देशभर नै जुन किसिमको बम विस्फोट गराउने कार्य गराइरहेको छ, त्यो कार्य गलत हो ।”
काँग्रेसबाट झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका काँग्रेसका पूर्वमहामन्त्री सिटौलाले भने –“यो निर्वाचन जनता र संविधान कार्यान्वयनको पक्षमा रहेकोले यसलाई प्रभावित पार्ने सक्रिय समूहलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्छ ।”
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।