पौष २७ काठमाडौँ
रामबाबू गुरुङको निर्देशन तथा कथा लेखन रहेको फिल्म ‘मिस्टर झोले’को आउँदो आईतबार (जनवरी १४ )मा हङकङमा प्रिमियर हुने भएको छ। मृगौला पिडित दिलुमाया गुरुङको सहयोगार्थ हङकङमा हुन लागेको प्रिमीयरमा कलाकार दया, दीया र निर्देशक रामबाबू गुरुङ उपस्थित हुनेछन्। 
‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन्। ‘अडीटोरियम युएन लंग’ थ्रीयटरमा बेलुका ८ बजे हुने शोको लागी पुरानो नाँचघर अगाडीबाट सशुल्क बसको पनि व्यवस्था गरिएको छ। 
फिल्म निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ। 
सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन्। दयाहाङ राई , दीया पुन , बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका रहेको यो फिल्म पुस २८ बाट प्रदर्शनमा आउने भएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।