६५ वर्षीय जेठा छोरा विर्खे कामीका साथ सरकारी सेवा प्रवाहका लागि भुर गाविसको पोखरामा आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा गएकी उनले पहिलो पटक नागरिकता लिएकी हुन् ।
२३ वर्ष अघि श्रीमान भदे कामीको निधन पछि जेठा छोरा विर्खेसँग वस्दै आएकी उनकी जेठी छोरी नै ८० वर्ष पुगिसकेकी छिन् । उनका जेठी छोरीवाट १० जना, माइली छोरीवाट ४, साइली वाट ५, काइलीवाट ३ र कान्छीवाट ५ , जेठा छोरावाट ६, माइलावाट ५ तथा कान्छावाट ५ गरि ४८ जना नातीनातीनी तथा तीनका पनि १०२ पनाती पनातीनी रहेको उनका जेठा छोरा विर्खे कामीले वताए । १०५ वर्षको उमेर पुग्ने वेला सम्म पनि जुत्ता चप्पल नलगाएकी तुल्सरीले उमेर हुने बेलासम्म नागरिकता लिन रुचि नदेखाएको तर पछि वृद्ध भत्ताका लागि नागरिकता वनाउनु पर्ने भएपनि खलंगासम्म हिँड्न सक्ने अवस्था नभएका कारण अहिलेसम्म नागरिकताविहिन भएर बस्नु परेको थियो ।
उनले सदरमुकाम खलंगामा लिन कोहि मान्छेले साथ नदिएका कारण नागरिकता पाउन नसकेको वताए । नागरिकता नभएकै कारण आमाले १०५ वर्षको उमेरमा पुग्ने बेलासम्म पनि विधवा र वृद्ध कुनै पनि भत्ता पाउन नसकेको वताए । आर्थिक अवस्था निकै कम्जोर भएका कामीको परिवारमा उनी १०५ वर्ष बाँच्नु परिवारको लागि मात्र होइन गाउँ र जिल्लाको गर्वको कुरा भएको स्थानीय सन्तोष वुढाले वताए । एक सताव्दी भन्दा वढी उमेरकी तुल्सरीले जिल्लाको मात्र होइन देशकै महत्वपुर्ण इतिहासको साक्षी भएको वुढाले बताए ।
विक्रम सम्वत १९६६ सालमा जन्मिएकी दुइ तीन पुस्ताकी मुली तुल्सरीलाइ नागरिक्ताको प्रमाण पत्र दिन पाउँदा निकै गर्वको महसुस भएको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले वताए ।
उनले विभिन्न कारणले समाजका जेष्ठ नागरिकको पहिचान हुन नसकेको र उनीहरु प्रति हामीले सम्मान र सुरक्षा दिन सवैले योगदान दिनु पर्ने वताए । गाउँमा हुनेसरकारी शिविरहरुले तुल्सरी जस्ता ऐतिहासिक नागरिकहरुको पहिचानमा सहयोग पुग्ने प्रजिअ चौधरीले वताए । जिल्लामा हाल थोरै संख्यामा ८० देखि सय वर्षसम्मका जेष्ठ नागरिकहरु भएपनि विभिन्न कारणले राज्यको सेवा सुविधावाट वन्चित हुन पुगेको सरोकारवालाहरुको भनाइ छ ।