जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सहनी महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का हुन्।
आगलागीबाट घरायसी सामानसहित करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




