काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोर औपचारिक रूपमा ग्राहकका लागि खुला हुनेछ।
आगजनीमा परेका १२ स्टोरमध्ये १० वटा सञ्चालनमा आइसकेका छन्। दमक र हेटौँडा स्टोरको पुनःनिर्माण अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। भाटभटेनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारी निरन्तरता दिएको र दसैँ बोनससमेत कटौती नगरेको जनाएको छ।




