रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।

उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड, श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गरी यस्तो व्यवस्था गर्नुपर्ने बताए। सेवाको खर्च काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने उनको प्रस्ताव छ।

काठमाडौं र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठूलो हिस्सा लिन तयार रहेको महर्जनले उल्लेख गरे। उनले हालको सेवा ब्रेक–इभेन अवस्थालाई कायम राख्दै निश्चित मितिपछि सेवा निःशुल्क घोषणा गर्नुपर्ने बताए। आगामी वैशाख १ गतेदेखि वा उपयुक्त मिति तोकेर योजना लागू गर्न सकिने उनको भनाइ छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।