दिप बहादुर घर्ति
जाजरकोट १५ कार्तिक । जाजरकोटवाट वाहिर जाने र भित्र आउने गाडीका छतमा यात्रुहरु बसाल्न नपाइने भएको छ । सडकमा दुर्घटनाको मुख्य कारण यात्रुहरुको अत्यधिक भिड्भाड वाट हुने गरेको भन्दै छतमा यात्रु बसाल्न नपाईने भएको हो ।
जाजरकोट १५ कार्तिक । जाजरकोटवाट वाहिर जाने र भित्र आउने गाडीका छतमा यात्रुहरु बसाल्न नपाइने भएको छ । सडकमा दुर्घटनाको मुख्य कारण यात्रुहरुको अत्यधिक भिड्भाड वाट हुने गरेको भन्दै छतमा यात्रु बसाल्न नपाईने भएको हो ।
नियमानुसार छतमा यात्रुहरु राखेर यात्रा गर्न नपाइने भएपनि व्यावसायी र यात्रु स्वयमले अटेर गर्दै छिन्चु जाजरकोट सडक खण्डमा जोखिमपूर्ण तरिकाले गाडीको छतमा बसेर यात्रा गर्ने गरेको जनगुनासो वढेपछि शुक्रवार जाजरकोटका प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको संयोजनमा वसेको यातायात व्यावसायी र अन्य सरोकारवालाहरुको सर्वपक्षीय वैठकले छतमा यात्रु बसाल्न नपाईने नर्णय गरेको हो ।
प्रहरीको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले केहि दिन पहिले छतमा यात्रु राखेर गरिने यात्रा वन्द गरिनु पर्ने माग राखेपछि प्रहरीले छतमा यात्रु राख्ने विषयमा कडाइ सुरु गरेको थियो । प्रहरीको कडाइ र कारवाही शैलीका वारेमा व्यावसायीहरुले गुनासो गरेका थिए ।
यसै विषयमा शुक्रवार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सरोकारवालाहरुको सर्वपक्षीय वैठकले छतमा यात्रु राख्न नपाउने लगाएतका अन्य यात्रा व्यवस्थापन सम्वन्धी निर्णयहरु गरेको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले सवैसरोकारवालाहरुको वैठकले वसको छतमा यात्रु राख्नै नपाउने र यात्रुको यात्रा व्यवस्थापन गर्न अनिवार्य रुपमा टिकट र सीटको व्यवस्था गर्नुपर्ने निर्णय गरेको वताए ।
यात्राका क्रममा गाडीको भाडा व्यवस्थापन गर्ने तथा जाजरकोटवाट विभिन्न ठाँउका लागि छुट्ने गाडी र जिल्लामा आउने गाडीको समय तालिका नियमित र व्यावहारिक वनाउने समते वैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको भनाई छ । उनले यात्रुहरुलाइ सुरक्षित र आरामदायी ढंगले यात्रा गर्नका लागि आवस्यक व्यवस्था गर्न सवै सरोकारवालाहरुसंग समन्वय गरेर वैठक आयोजना गरि यस्तो निर्णय गरिएको हो भने ।
शुक्रवार प्रमुख जिल्ला अधिकारीले वोलाएको वैठकमा जिल्ला स्थित राजनैतिक दल, पत्रकार, नागरिक समाज, विभिन्न यातायात व्यावसायी, प्रहरी, सेना र स्थानीय प्रशासनका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । वैठकमा भेरीको पुल नवन्दा जिल्लावासीले पाएको सास्ती र दुख, वजारमा वढ्दै गएको महंगी, कालो पत्रे गरेर पनि भत्किदै गएको सडक र गाडीमा जोखिमपुर्ण छतको यात्राका वारेमा सहभागीहरुले छलफल गरेका थिए ।
संविधान सभाका सदस्य रीता रावलको उपस्थितिमा सम्पन्न वैठकमा सहभागी पत्रकार र नागरिक समाजका प्रतिनिधिहरुले सडक विभागलाइ निर्माण कम्पनीहरुले सडक हस्तान्तरण नगर्दै कालो पत्रे गरेको सडक ठाउँ ठाउँमा भत्किएको र यस वारेमा सरोकारवाला निकाय मौन रहेको, सडकका विभिन्न स्थानका खोला र नदीहरुमा मोटरेवल पुल नभएका कारण यात्रा जोखिमपुर्ण भएकोले यसतर्फ सडक विभाग र सरकारी निकायको ध्यानाकर्षण गराउन सभाषद रावल र स्थानीय प्रशासनलाइ आग्रह गरेका थिए ।
सल्लीवजारको वसपार्कमा ओर्लिएका यात्रुहरुलाइ राकम सम्म आउनका लागि शारीरीक सास्तीका साथै थोरै सामान वोकाउन पनि चर्काे सुल्क तिर्नु पर्ने वाध्यता हटाउन आवस्यक पहल गरिदिन सहभागीले स्थानीय प्रशासनसंग अनुरोध गरेका छन् । एकातिर राकमको भेरी पुल नवन्दा यात्रा गर्न सास्ती अर्काे तर्फ कालोपत्रे भयो भने पनि हस्तान्तरण नहुदै सडक भत्किन सुरु गरेको भएपनि सरोकारवालाले ध्यान नदिएको वैठकमा सहभागी हरुको भनाई छ ।
त्यस्तै भेरी गंगा यातायात व्यावसायी समितिका अध्यक्ष प्रमोदजंग शाहले आफुहरु वैठकका सवै निर्णयहरु पुरारुपमा कार्यान्व्यन गर्न तयार रहेको वताए । उनले भेरी पुल निर्माण र वाटोको अवस्था सुधार गरेर आफुहरुलाइ सहयोग गरिदिन दलका नेता, सरकार र स्थानीय प्रशासनलाइ आग्रह गरे । वैठकले छतमा यात्रु वोक्ने, मदिरा सेवन गरेर सवारी हाक्ने र ट्राफिक नियम उलंघन गर्ने चालक र अन्य कर्मचारीलाइ तत्काल कारवाही गर्ने समेत निर्णय गरेको छ ।
Comments