भीमदत्तनगर, ९ कात्तिक । जेठाबुबाको मलामी गएका भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका स्थानीय दिनेश भट्ट महाकाली नदीमा बेपत्ता भएका छन् ।
बिहान ११ बजे भीमदत्त नगरपालिका–११ भजेला क्षेत्रअन्तर्गत पर्ने महाकाली नदीमा उनका जेठाबुबा रुद्र भट्टको दाहसंस्कार भइरहेका बेला २५ वर्षीय दिनेश नुहाउने क्रममा नदीमा डुबेका हुन् । भट्ट टीकापुर नगरपालिकाका इन्जिनियरसमेत हुन् ।
दाहसंस्कार भइरहेका बेला १०० मिटर टाढा नदीमा नुहाउन गएका तीन÷चारजनामध्ये भट्ट नदीमा डुबेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । बेपत्ता भट्टको खोजीकार्य भइरहेको छ ।