जीप दुर्घटनामा ११ ले ज्यान गुमाए

 कार्तिक ९, ओखलढुंगाको निसंखे गाविसबाट सदरमुकाम ओखलढुंगा तफ जाँदै गरेको  जीप आइतबार बिहान दुर्घटना हुँदा ११  जनाको ज्यान गएको छ । घटनास्थलमा ८ जना र मिसन अस्पतालमा उपचारका क्रममा अन्य तीन  जनाको ज्यान गएको हो । 

करिब २४ जना यात्रु बोकेर ओखलढुंगा सदरमुकाम जाँदै गरेको बा ५ च ५८७५ नम्बरको जीप सिद्धिचरण नगरपालिका–११ अँधेरी नारायणस्थानमा दुर्घटनामा परेको हो ।
 ज्यान गुमाउनेमा ओखलढुङ्गा ठुलाछापका ४५ वर्षीय तेजबहादुर बस्नेत, उनकी श्रीमती ४० बर्षीया रामप्यारी बस्नेत, ४५ वर्षीय बेदे सार्की, मणिराम भट्टराई, सरीता खड्का, चोलेन्द्र खत्री, तुहीनी भट्टराई, २६ वर्षीया अप्सरा दाहाल र तलुवाका टिका बस्नेत रहेका छन् । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।