
काठमांडाै ,४ कार्तिक । यसअघि धर्मनिरपेक्षताको वकालत गर्दै आएका राप्रपा अध्यक्ष पशुपति शमसेर जवराले हाल आएर हिन्दुराष्ट नभए संघर्ष गर्ने उद्घोष गरेका छन । दिल्लीमा कानको उपचार गराएर फर्केका राणाले ८१ प्रतिशत जनता हिन्दु भएको देशलाई धर्मनिरपेक्ष कुनै हालतमा बनाउन नहुने धारणाव्यक्त गरे ।
आफ्नो गणतन्त्रलाई स्वीकार गरिसकेकोले अब यसबाट भने पछि नहट्ने जानकारी दिए ।
संविधानमा हिन्दु राष्ट्र कायम गर्नका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापा र हिन्दुराष्ट्रको अभियान चलाएर हिडेका खुबबहादुर खड्कासँग भेटेर छलफल गर्ने र संघर्षका कार्यक्रम गर्ने राणाले बताए राणाले आफ्नो पार्टीले संविधानसभाको पहिलो बैठकमा नै धर्मनिरपेक्षतावारे विरोध जनाएको दावी गरेका छन् । उनले धर्मनिरपेक्षता जवर्जस्ती लादिएको बताउँदै यसका लागि जनमतसंग्रहमा जानुपर्ने बताए ।