घुस लिँदालिँदै नायब सुब्बा पौडेल पक्राउ

काठमाडौँ, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै मालपोत कार्यालय कलंकीमा कार्यरत नायब सुब्बा धरेन्द्रनारायण पौडेललाई थलोमा नै आज पक्राउ गरेको छ । 
आयोगका अनुसार नायब सुब्बा पौडेलले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित कर्मचारी आवास क्षेत्रका एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने क्रममा रु ५० हजार घुस लिँदालिँदै पक्राउ परेका थिए । 
पौडेलले कानुन विपरित रकम माग गरेको र निज उपर कारबाही गरिपाऊँ भन्ने उजुरीको सूचनाका आधारमा आयोगको विशेष टोलीले लेनदेन भएको रकमसहित पक्राउ गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ । नासु पौडेललाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको आयोगले जनाएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।