काठमाडौँ, ३ कात्तिक । अर्कैको नामको रु एक लाख ६० हजारको चेक साट्ने दुई जनालाई आज महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।

गत असोज ३० गते हितेश अग्रवालको नाम रहेको एनआइसी एसिया बैंकको रु एक लाख ६० हजारको दस्तखत गरेको चेक अनाधिकृतरुपमा प्राप्त गरी रकम निकाल्ने ललितपुरका शरणकुमार डङ्गोल र नुवाकोटका होमबहादुर तामाङलाई प्रहरीले  लाजिम्पाटबाट आज पक्राउ गरेको हो ।

उक्त चेकबाट रकम निकाली फरार रहेका उनीहरूलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।