पथरी, ३ कात्तिक । मोरङको सुन्दरपुर– ८ का एक जनालाई आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सङ्खुवासभा मोरङ सुन्दरपुर–८ का ३७ वर्षीय युवकलाई आफ्नै नौ वर्षकी छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
घटना सम्बन्धमा पीडित बालिकाकी आमाले प्रहरीलाई जानकारी गराएपछि बाबुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान सुरु गरिएको छ ।
पीडित बालिकालाई स्वास्थ्य उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको छ । रासस
Comments