काठमाडौं , १  कार्तिक , एमाले नेता माधबकुमार नेपालले अमेरिकी राष्ट्रपति बाराक ओबामाको योग प्रति रुचि भएकाले नेपालीहरुले ओबामालाई योग सिकाउनु पर्ने धारण राखेका छन् । 

काठमाडौँमा जारी योगविज्ञान शिविरमा  बोल्दै उनले यस्तो धारणा राखेका हुन ।अहिलेको संसार भरिनै योगको महत्व रहेको भन्दै उनले योग शिविरलाई अमेरिकामा पनि पु¥याउनु पर्ने बताए । 

आफूसँगको भेटमा ओबामाले योगबारे चासो राखेको जानकारी दिए । आफूले ओबामालाई पटक–पटक भेट्ने अवसर पाएकोमा गौरवान्वित हुँदै उनले , आफू प्रधानमन्त्री भएका बेला जलवायु परिवर्तन समबन्धी कोपनहेगनमा भएको सम्मेलनमा गएका बेला ओबामाले आफूलाई चिनेको र कुराकानी गरेको देखेर अन्य देशका राष्ट्र प्रमुख समेत चकित परेको भनी निकै बखान समेत गरेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।