रौतहट, ३१ असोज । धन कमाउन विदेश नै जानुपर्छ भन्नेका लागि उदाहरण बनेका छन् चन्द्रनिगाहपुर नगरपालिका–१ का राजकुमार हुमागार्इं ।

कतारको बेक मार्ट कम्पनीमा तीन वर्ष काम गरेका उनले त्यहाँ सिकेको सीपबाट नेपालमै आएर केही गर्ने सोच बनाएका हुन् ।

नेपाल फर्केलगत्तै उनले बेकरी र कफी शप खोलेपछि धेरै साथीहरूले उनको खिसीटिउरी समेत गरे । २७ वर्षीय राजकुमारको एक वर्षअघिको सोच यतिखेर एउटा बलियो उदाहरण बनेको छ भने विदेश नै जानुपर्छ भन्नेको दिमागमा पनि प्रश्न चिह्न पैदा गरिदिएको छ ।

वेलकम बेकरी एण्ड क्याफेका सञ्चालक हुमागाईं अहिले स्वदेशमै बसेर मासिक रु ३० हजार कमाउँछन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।