असोज २८ । एकीकृत नेकपा माओवादी महासचिव कृष्ण बहादुर महराका छोरा निर्मल महरा पक्राउ परेका छन् ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा दाङ देउखुरीमा एक युवकको मृत्यु भएपछि निर्मलसहित ६ जना पक्राउ परेका हुन् ।

लमहीको अर्जुनखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्नेक्रममा आफैलाई करेन्ट लागेपछि चैलाही कुलमोड निवासी ४२ वर्षीय प्रेमबहादुर पुनको मृत्यु भएको हो ।

माछा मार्न गएका ९ जनामध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।