देखा परे उत्तर कोरियाका नेता किम जोन उन

असोज २८ । गत सेप्टेम्बर ३ देखि सार्वजनिक रुपमा उपस्थित नभएका उत्तर कोरियाका नेता किम जोन उन सार्वजनिक भएका छन् ।

उनलाई पश्चिमा सञ्चारमाध्यमहरुले सत्ताच्युत गरेर नजर बन्द गरेको वा स्वास्थ्य अवस्थाका कारण थलिएको जस्ता आरोप लगाएका थिए ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी ‘केसीएनसी’ले किमलाई वैज्ञानिकहरुको नयाँ आवासीय भवनहरुको अवलोकन गर्दै गरेको देखाएको बीबीसीले जनाएको  छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।