नारायण न्यौपाने
न्युयोर्क, ८ असोज । प्रधानमन्त्री सुशील कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ६९आँै महासभामा भाग लिन आएका सरकार प्रमुख एवम् राष्ट्र प्रमुखको सम्मानमा राष्ट्रपति ओबामा र श्रीमती ओबामाले हिजो साँझ आयोजना गरेको स्वागत समारोहमा उनीहरूबीच भेटवार्ता भएको हो ।

महासभाको उच्चस्तरीय छलफल बुधबारबाट सुरु भई असोज २१ गतेसम्म जारी हुनेछ । बुधबारको उद्घाटन सत्रमा राष्ट्रसङ्घका महासचिव वान कि मुन, अमेरिकाका राष्ट्रपति बाराक ओबामा र ब्राजिलका राष्ट्रपतिलगायतले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस
Comments