काठमाडौँ, ६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थितिमा सुधार आएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हामीले उनलाई घरमा नै आराम गर्ने सल्लाह दिएका छौँ, उनको स्वास्थ्यस्थिति अहिले ठीक छ, उपचारमा संलग्न डा भारत रावतले जानकारी दिए ।

आफ्नै निवासमा रहँदा एक्कासि चिटचिट पसिना आई असजिलो महसुस भएपछि पूर्वराजा शाहलाई तत्काल यही असोज ४ गते राति नर्भिक अस्पतालमा ल्याई मुटुको एन्जियोग्राफी र प्लास्टिक एन्जियोग्राफी दुवै एकसाथ (मुटुमा जाने रगतको नशा खुलाउने प्रक्रिया) गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।