जाजरकोट, १ असोज । जाजरकोटको खलङ्गा–२ स्या“लाका २८ वर्षिय तिलक सुनारले योजनाबद्ध ढङ्गले एक युवती प्रयोग गरेर फर्जी बलात्कार घटनामा आफन्तलाई नै फसाउन खोजेको आरोप लगाएका छन् ।
ती युवतीले तिलक विरुद्ध जाहेरी दिएपछि उनले अनाहकमा प्रहरी खोरमा तीन रात बिताउनुपरेको थियो । रुकुम– १ खलङ्गाकी १८ वर्षिया युवतीले उनी विरुद्ध जबर्जस्ती करणीको झुटो जाहेरी दिएकी छन् ।
अर्को पÔबाट रु एक लाख हात पार्ने प्रलोभनमा तिलकले बलात्कार गरेको भन्दै झुटो जाहेरी दिएकी थिइन् । खलङ्गा–२ स्या“ला स्थायी ठेगाना भई रुकुमको खलङ्गा–१ मा ‘जाजरकोटी रविन ज्वेलर्स’ सञ्चालन गर्दै आएका रविन सुनार दम्पतीको मिलेमतोमा फसाउने योजना बनाएको तिलकको आरोप छ ।
उनीहरूले तिलकलाई जबर्जस्ती करणी मुद्दा लगाएमा ती युवतीलाई रु एक लाख दिने सर्तमा जारजरकोट पु¥याएको खुलासा भएको छ । उनीहरूको योजना भने विफल भएको छ ।
ती युवती भदौ १९ गते योजनाअनुसार रु १५ हजार नगद र पाँच हजार मूल्यको सुनको टप पेस्की लिएर नेपालगन्ज पुगेकी थिइन् । रासस